NIMB Header 2
Nepal Life

नेपाल शेयरधनी संघको दोस्रो साधारणसभा सम्पन्न

National Life
  • BFIS News
  • 2024 Dec 15 21:10
नेपाल शेयरधनी संघको दोस्रो साधारणसभा सम्पन्न
Sanima Reliance

काठमाडौं । नेपाल शेयरधनी संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर २९ गते ललितपुरको गोदावरीमा सम्पन्न साधारणसभाले अध्यक्षको प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । 

Shikhar
NIMB

संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा भएको सो सभाले आर्थिक वर्ष ०८०।८१ को बजेट लेखा परीक्षणको प्रतिवेदन, आर्थिक वर्ष ०८१।८२ को अनुमानित आय विवरण छलफल सहित अनुमोदन गरेको छ। साथै सो सभामा अध्यक्षको प्रतिवेदन समेत अनुमोदन गर्नुका साथै आगामी वर्षहरूकाे रणनीतिक कार्ययोजना समेत छलफल गरि अनुमोदन गरेको छ ।

नेपाल शेरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी को स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा विभिन्न सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव सुरज खड्काले गरेका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया