NIMB Header 2
Nepal Life

शेयर धितोकर्जा तीन सरकारी बैंकको व्याजदर सबैभन्दा कम, ६.६३ प्रतिशतमै पाइने, हेर्नुहोस् कुन बैंकमा कति ?

National Life
  • BFIS News
  • 2024 Dec 21 21:14
शेयर धितोकर्जा तीन सरकारी बैंकको व्याजदर सबैभन्दा कम, ६.६३ प्रतिशतमै पाइने, हेर्नुहोस् कुन बैंकमा कति ?
Sanima Reliance

काठमाडौं । शेयरधितो कर्जामा तीन सरकारी बाणिज्य बैंकहरुले सबैभन्दा कम व्याजदर अफर गरेका छन् । बैंकहरु विच व्याजदर घटाउने प्रतिस्पर्धा सँगै कर्जाको व्याजदर पनि लगातार तल झरिरहेको छ । व्याजदर घटाउनेमा सबैभन्दा अगाडी तीन सरकारी बाणिज्य बैंक अगाडी देखिएका हुन् । 

Shikhar
NIMB

शेयर धितोमा प्रवाह हुने कर्जामा सरकारी लगानीका तीन बाणिज्य बैंकहरु नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको व्याजदर सबैभन्दा कम क्रमश ६.६२ प्रतिशत, ६.८५ प्रतिशत र ७.०६ प्रतिशत रहेको छ । 

अन्य क्षेत्रमा कर्जा लगानीको अवस्था नहुँदा शेयर कर्जामा बैंकहरुको आकर्षण बढ्न थालेको छ । बैंकहरुले ७ प्रतिशत भन्दा पनि कम ब्याजदरमा कर्जा लिन बोलाउन थालेका छन्। 

प्रायः बैंकहरुले अधिकतम एक वर्ष अवधिको लागि यस्तो कर्जा उपलब्ध गराउने गरेका छन् । बैंकहरुले साधारण सेयर धितो कर्जा १८० कार्यदिनको अन्तिम बजारमुल्यको औषत मुल्य वा अन्तिम कार्यदिनको बजारमुल्य जुन कम हुन्छ सो मुल्यको अधिकतम ६० प्रतिशत देखि ७० प्रतिशत सम्म उपलब्ध गराउने गरेका छन् ।

प्रमोटर धितो कर्जाको लागि भने साधारण शेयरको १८० कार्यदिनको अन्तिम बजारमुल्यको औषत मुल्यको ५० प्रतिशत वा प्रमोटर सेयरको अन्तिम कार्यदिनको बजारमुल्य जुन कम हुन्छ सो मुल्यको अधिकतम ४० प्रतिशत देखि ५० प्रतिशत उपलब्ध गराउदै आएका छन् ।

कागजात पुर्याएर आवेदन गरेको ४८ घण्टा भित्रै कर्जा उपलब्ध गराउने बैंकहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले एक जना व्यक्तिलाई यस्तो कर्जा अधिकतम १५ करोड रुपैयाँसम्म उपलब्ध गराउन पाउछन् । तर संस्थागत लगानीकर्ताको हकमा भने सिमा हटाइएको छ ।

आर्थिक मन्दि पछि सुस्ताएको अर्थतन्त्रमा अन्य क्षेत्रमा कर्जा जान नसकेपछि शेयर धितो कर्जामा बैंकहरु आकर्षित देखिएका हुन्। बैंकहरुले पछिल्ला दिनमा घर जग्गा गाडी र शेयरमा आफ्नो लगानीकलाई आकर्षित गर्न थालेका हुन् । नयाँ कर्जा प्रवाह नहुँदा बैंकहरुमा तरलता थुप्रिएको छ । जसले गर्दा सिडि रेसियो घटिरहेको छ । यसको प्रभाव बैंकको व्याजदरमा दिखिइसकेको छ ।

यसले गर्दा पनि बैंकहरुले बढ्दो बजारलाई मध्यनजर गर्दै यता तर्फ केन्द्रित भएका हुन् । बढ्दो बजारमा एकदमै कम जोखिम हुने भएकाले लगानीकर्ताहरु पनि कर्जा लिन हौसिन्छन् । जव बजार घट्न थाल्छ त्यस पछि भने बैंकहरुले मार्जिन कल गर्दै नतिर्ने शेयरधनीको शेयर आफै बिक्री गरिदिन्छन् ।

तीन बाणिज्य बैंकहरु पछि सबैभन्दा कम ग्लोबल आइएमईको ७.११ प्रतिशत छ । एभरेष्ट बैंक र सिद्धार्थ बैंकको ७.४९ प्रतिशत, नबिल बैंकको ७.५१ प्रतिशत, सिटिजन ७.७४ प्रतिशत, माछापुच्छ्रे ७.८७ प्रतिशत छ । हेर्नुहोस् कुन बैंकको कति ? 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया