Nepal Life

माण्डु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ता भन्दा बढि दिनु नपर्ने

NMB Bank
  • BFIS News
  • 2023 Aug 30 06:16
माण्डु हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १० कित्ता भन्दा बढि दिनु नपर्ने
National Life

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको माग भन्दा बढि आवेदन परे सँगै निष्काशन बन्द गर्ने भएको छ । कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्दा पनि ६ गुणा बढि आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरमा ७ लाख २२ हजार आवेदकले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन दिएका छन् । 

Shikhar
NIMB

कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँको दरमा सर्वसाधारणका लागि १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गर्न गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो । 

सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। माग भन्दा ६ गुणा बढि आवेदन परेकाले यसमा १० कित्ता भन्दा बढिको आवेदन दिनु पर्ने देखिदैन । कम्पनीको शेयर एक लाख २० हजारले मात्रै पाउने हुँदा अधिकतम १० कित्ता नै काफी हुनेछ । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया