Nepal Life

नागरिक लगानी कोषले घोषणा गरेको १३ प्रतिशत लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउने

NMB Bank
  • BFIS News
  • 2025 Jan 05 10:32
नागरिक लगानी कोषले घोषणा गरेको १३ प्रतिशत लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउने
National Life

काठमाडौं, पुस २१ । नागरिक लगानी कोषले घोषणा गरेको १३ प्रतिशत लाभांश आजसम्म शेयर खरिद गर्नेले मात्रै पाउने भएका छन् । कोषले साधारणसभा प्रयोजनका लागि भोलि पुस २२ गते बुक क्लोज गर्दै छ । 

Shikhar
NIMB

कोषले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। हाल दोस्रो बजारमा कोषको शेयर मूल्य २०२२ रुपैयाँ रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया