Nepal Life

गार्डियन माइक्रो लाइफको आइपीओमा १९ लाख ६ हजारले दिए आवेदन, माग भन्दा १३.६५ गुणा बढिको आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Jan 08 18:13
गार्डियन माइक्रो लाइफको आइपीओमा १९ लाख ६ हजारले दिए आवेदन, माग भन्दा १३.६५ गुणा बढिको आवेदन
National Life

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा १९ लाख ६ हजारले आवेदन दिएका छन् । कम्पनीले आह्वान गरेको आइपिओमा १३.६५ गुणा बढि आवेदन परेको छ । 

Shikhar
NIMB

कम्पनीले १८ लाख कित्ताका लागि आह्वान गरेकोमा १९ लाख ६ हजारले २ करोड ५१ लाख ९० हजार ३६० कित्ता अर्थात २ अर्ब ५१ करोडका लागि आवेदन परेको हो । कम्पनीले आइपिओ बाँडफाँड नगरुन्जेल यो रकम बैंकहरुले ब्लक गरेर राख्ने छन् । 

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया