Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपिओ निष्काशन गर्ने अनुमति, सर्वसाधारणको भागमा १८ लाख ४५ हजार कित्ता

NMB Bank
  • BFIS News
  • 2025 Jan 10 20:43
नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपिओ निष्काशन गर्ने अनुमति, सर्वसाधारणको भागमा १८ लाख ४५ हजार कित्ता
National Life

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारण समुहको साढे २२ करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

Shikhar
NIMB

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। यो नेपाल बीमा प्राधिकरणबाट अनुमति पाउने पहिलो लघु निर्जीवन बीमा कम्पनी हो। 

यस्तो कम्पनीको चुक्ता पुँजी न्यूनतम ७५ करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ। हाल ५२ करोड ५० लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणबाट २२ करोड ५० लाख रकम उठाउने भएको हो। लघु निर्जीवन बीमा कम्पनीले गर्ने एउटा बीमालेखको बीमांक रकम अधिकतम ५० लाख रूपैयाँभन्दा धेरै हुन नपाउने नियम छ। २०८० वैशाख ३१ गतेबाट सञ्चालनमा आएको यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १० करोड ३० लाख कुल प्रिमियम आम्दानी गरेको थियो।

कम्पनीको आम्दानीमा ९४ प्रतिशत हिस्सा मोटर बीमा र ६ प्रतिशत हिस्सा सम्पत्ति बीमा, मरिन बीमा लगायतको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २९ लाख रूपैयाँ खुद आम्दानी गरेको छ। कम्पनी सञ्चालनमा आएको पहिलो वर्ष भएकोले सुरूवाती खर्च उच्च रहेको छ।

कम्पनीले गरेको लगानीबाट भएको आम्दानीको कारण नाफामा जान सहयोग पुगेको हो। सञ्चालनको पहिलो वर्ष भएको कारण कम्पनीको सोल्भेन्सी दर नियामकले तोकेकोभन्दा न्यून छ। यस्तो दर १.५० (५० प्रतिशत बढी) हुनुपर्नेमा ०.९५ मात्रै रहेको छ।

कम्पनीको सञ्चालकमा आशिष श्रेष्ठ, सिए सिद्धान्त झुनझुनवाला, प्रविणा दाहाल लगायत पाँच सदस्य छन्। २६ वर्षदेखि बैंकिङ, वित्त र लघु कर्जामा काम गरेको अनुभव रहेका मृगेन्द्रनाथ रिमाल प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका छन्।

कम्पनीको १० शाखा, दुई सहायक शाखा र १७ बीमा अभिकर्ता छन्। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आफूमा परेको दाबीमध्ये ६ प्रतिशतको दरमा नेपाली पुनर्बीमा कम्पनीहरूमा सारेको थियो। यो अवधिमा कम्पनीले ब्याज प्राप्त गर्ने सहितका विभिन्न उपकरणमा गरेको लगानी ४८ करोड ४० लाख रूपैयाँ बराबर थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया