NIMB Header 2
Nepal Life

यि हुन् बजार घट्दा पनि सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी, हाइड्रोपावरमा आकर्षित हुँदै लगानीकर्ता

National Life
  • BFIS News
  • 2025 Jan 13 15:28
यि हुन् बजार घट्दा पनि सर्वाधिक धेरै कारोबार हुने १० कम्पनी, हाइड्रोपावरमा आकर्षित हुँदै लगानीकर्ता
Sanima Reliance

काठमाडौं । शेयर बढ्दा पनि लो क्यापका कम्पनीको शेयर कारोबार सर्वाधिक धेरै भइरकेको छ । आज सोमबार नेप्से सूचक ३० अंकसम्म तल झरेर अन्तिममा १५.५४ अंकले घट्दा कारोबार रकम भने ६ अर्ब ६५ करोड रुपैयाँको भएको छ ।

Shikhar
NIMB

यसमा पनि सर्वाधिक धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २४ लाखको कारोबार भयो । कम्पनीको शेयर मूल्य ११३५ रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुपको शेयर २८ करवड २७ लाख रुपैयाँको भयो । कम्पनीको शेयर मूल्य भने ६५० रुपैयाँ छ ।

हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख रुपैयाँको कारोबार हुँदा ४६१ रुपैयाँसम्म पुगेको छ । सिन्धु विकास बैंकको शेयर १३ करोड ३३ लाख रुपैयाँको कारोबार हादा १०७० रुपैयाँ पुग्यो । तमोर हाइड्रोपावरको शेयर १२ करोड ९९ लाख, सुपर मर्दी हाइड्रोपावरको ११ करोड ५८ लाख, तारागाउँ रिजेन्सीको १० करोड ६८ लाख, रिभर फल्स १० करोड ५३ लाख, हिमालयन रि इन्स्योरेन्सको १० करोड १५ लाख र नारायण डेभलपमेन्टको ९ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

 

घट्दो बजारमा कारोबार बढ्नु भनेको ब्रोकर तथा ठुला लगानीकर्ताले घटेको मौकामा शेयर खरिद गरिरहेका छन् । लगानीकर्तामा बजार बढ्छ भन्ने फुल कन्फिडेन्स देखिन्छ तै पनि बढाएर किन्नु भन्दा घटाएरै किन्ने रणनीतिमा ठुला लगानीकर्ता छन् ।

बैंक वित्तीय संस्थाले व्याजदर नबढाउदा पनि दोस्रो बजारमा भने खासै प्रभाव देखिएको छैन । यसले तत्काल प्रभाव नपारे पनि अवको केहि दिन भित्रै बजारले गति लिने विश्लेशकहरुले बताएका छन् ।

पछिल्लो केहि दिनमा बजार घट्ने प्रमुख कारणहरु केहि नभए पनि यसको नतिजा भने राम्रो आउने एक ब्रोकरले बताए । उनले भने 'लगानीकर्ताहरु फाइनान्स र विकास बैंकको शेयरमा डराएका कारण यसको असर अन्य स्टकमा पनि देखिएको छ ।'

नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरे सँगै लगानीकर्ताहरु खराव अवस्थामा रहेका विकास बैंक तथा फाइनान्सको शेयरमा लगानी गर्न डराएका छन् । बैंक वित्तीय संस्थाले आगामी माघमा दोस्रो त्रैमाशको वित्तीय विवरण पनि सार्वजनिक गर्ने छन् । यस पछि भने बजारले गति लिन सक्ने उनिहरुको विश्लेषण छ ।

त्यसमा पनि कतिपय स्टकको मूल्य एक वर्ष यताकै कम देखिन थालेकाले खरिद गर्नेका लागि राम्रो अवसर निर्माण भइरहेको छ । यस अवधिमा चलाख लगानीकर्ता र ब्रोकरले ठुलो मात्रामा शेयर खरिद गरिरहेका छन् ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक धेरै ४५ करोड २५ लाखको कारोबार भएको छ । त्यस्तै बाराही हाइड्रवपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया