Nepal Life

अर्थमन्त्रालयले तय गर्यो बजेट निर्माणको समयसीमा, फागुन ७ गते भित्र बजेटको सिलिङ तय गर्न योजना आयोगलाई निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Jan 19 18:05
अर्थमन्त्रालयले तय गर्यो बजेट निर्माणको समयसीमा, फागुन ७ गते भित्र बजेटको सिलिङ तय गर्न योजना आयोगलाई निर्देशन
United Ajod

काठमाडौं । अर्थमन्त्रालयले बजेट निर्माणको समयसीमा निर्धारण गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश २०८१ जारी गर्दै बजेट निर्माणको समयसीमा निर्धारण गरेको हो । 

Shikhar
Nepal Life
NIMB

अद्यादेश अनुसार राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र स्रोत तथा खर्चको सीमा अनुमान गर्नु पर्नेछ । त्यस्तै फागुन ७ गते राष्ट्रिय योजना आयोगले बजेट सीमा, मध्यकालीन खर्च संरचना खाका तथा कार्यक्रम प्रस्ताव गर्ने सम्बन्धी मार्गदर्शन अर्थमन्त्री समक्ष पेश गर्नु पर्नेछ । 

अर्थमन्त्रालयले फागुन १५ गते भित्र बजेट सीमा र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरी मन्तालय तथा केन्द्रिय निकायमा पठाउनु पर्नेछ । अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण बैशाख १५ गते संघीय संसदमा प्रस्तुत गर्नु पर्नेछ । 

संघिय संसदमा पेश भएको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण उपर संघिय संसदको सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नु पर्ने वा सो सम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखेमा बैशाख मसान्तभित्र अर्थ मन्त्रालयमा त्यस्तो सुझाव तथा निर्देशन पठाउनेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया