NIMB Header 2
Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आजदेखि वैदेशिक रोजगारमा गएकालाई निष्काशन, कति दिने आवेदन ?

National Life
  • BFIS News
  • 2025 Jan 21 07:30
नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आजदेखि वैदेशिक रोजगारमा गएकालाई निष्काशन, कति दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि आइपिओ निष्काशन सुरु गरेको छ । कम्पनीले श्रम स्वीकृती लिइ बैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर जारी गरेको हो । 

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कति दिने आवेदन

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यस भन्दा अगाडी आइपिओ निष्काशन गरेको गार्डियन माइक्रोको आइपिओमा वैदेशिक रोजगारमा गएका ५० हजार नेपालीले आवेदन दिएका थिए । यस मध्ये ३७ हजारको आवेदन मात्रै सदर भएको थियो । बाँकी १३ हजार भन्दा धेरैको रद्द भएको थियो । विशेषगरी रेमिट्यान्स खाताबाट आवेदन नदिएकाहरुको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । 

सदर ३७ हजारमा पनि सबैले शेयर पाउन सकेनन् । लक्की ड्र मार्फ साढे २२ हजारले मात्रै शेयर प्राप्त गरेका थिए । यसमा पनि २२ लाख ५० हजारले मात्रै शेयर पाउने छन् । यदि गार्डियनमा जति नै आवेदन पर्यो भने पनि शेयर पाउन लक्की ड्रमा पर्नु पर्छ । यसले गर्दा कम्पनीको शेयरमा १० कित्ता भन्दा बढिको आवेदन आवश्यक पर्ने देखिदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया