Nepal Life

कामना सेवालाई अग्राधिकार सेयर जारी अनुमति

NMB Bank
  • BFIS News
  • 2025 Jan 22 13:45
कामना सेवालाई अग्राधिकार सेयर जारी अनुमति
United Ajod

काठमाडौं। कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ। बैंकले १८औं वार्षिक साधारणसभाबाट अग्राधिकार सेयर जारी प्रस्ताव पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। 

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थालाई पुँजीकोष सबलीकरण गर्न हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो। 

राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो।

हाल बजारको तरलता अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानी उचित माध्यम हुने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया