NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, अव ७६० रुपैयाँमै शेयर खरिद गर्न पाइने

National Life
  • BFIS News
  • 2025 Jan 23 07:27
नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, अव ७६० रुपैयाँमै शेयर खरिद गर्न पाइने
Sanima Reliance

काठमाडौं । बुक क्लोज सँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजना भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको शेयर मूल्य ८३६.१० रुपैयाँबाट ७६० रुपैयाँमा समायोजन गरेको हो । 

Shikhar
NIMB

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८३६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले माघ २८ गते, होटल भिष्वा, वीरगंजमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार