Nepal Life

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त 

NMB Bank
  • BFIS News
  • 2025 Jan 26 11:02
यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त 
United Ajod

काठमाडौँ, ११ माघ । नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि. ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।

Shikhar
Nepal Life
NIMB

अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार, काठमाडौँको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फुड्सले उक्त घोषणा गरेको थियो । समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेल ज्यूले खादा र फूलको गुच्छा सहित  जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरे । 

ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्ति संगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा 
कम्पनी विश्वस्त रहेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिती अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनु भएका जीपी शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्ति हुन् । 

रेभिन्यूमा निरन्तर बार्षिक बृद्धि, नाफाका साथै ईन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि पनि उहाँ विशेष परिचित छन् । उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन् । उ

उनको व्यवसायिक करियर अन्तर्गत उनले ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु जस्तै चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु, ईन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूल जन्य पेय पदार्थ, ईनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरु समेत रहेका छन् ।

“यशोदा फूड्स प्रा. लि. संग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा म निकै उत्साहित छु ।” समारोहमा आफ्नो मन्तब्य राख्दै उनले भने, “कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पुर्याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।”

यो नियुक्तिले यशोदा फूड्सको निरन्तर सफलता, उन्नती, उत्कृष्टता, र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ ।कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ । कम्पनी सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको कार्यक्रम मार्फत जानकारी दिइयो । साथै, निकट भविश्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया