Nepal Life

हिमालयन लाइफले १४ प्रतिशत बोनस शेयर पारित गर्न डाक्यो साधारणसभा, माघ २४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने लाभांश

NMB Bank
  • BFIS News
  • 2025 Jan 28 10:21
हिमालयन लाइफले १४ प्रतिशत बोनस शेयर पारित गर्न डाक्यो साधारणसभा, माघ २४ गतेसम्म शेयर किन्नेले मात्रै पाउने लाभांश
United Ajod

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारणसभा डाेकको छ । कम्पनीले इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया