NIMB Header 2
Nepal Life

सिटी होटलले हकप्रद सेयर ‍निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

National Life
  • BFIS News
  • 2025 Jan 31 21:14
सिटी होटलले हकप्रद सेयर ‍निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
Sanima Reliance

काठमाडौं। सिटी होटलले आइपीओ निष्कासनको एक वर्षमै हकप्रद सेयर निष्कासन गर्ने भएको छ। होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

Shikhar
NIMB

होटलले पुस २६ गते साधारण सभाबाट ८० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि गरिएको प्रस्ताव पारित भएको थियो। संचालक समितिको मंसिर १४ गते बसेको बैठकले ऋण चुक्ता गर्नका लागि हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।

होटलको चुक्ता पुँजी अहिले १ अर्ब ६७ करोड रुपैयाँ छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा सिटी होटल घाटामा छ। खुद नाफा ५ करोड ६२ लाख रुपैयाँ ऋणात्मक छ। सिटी होटल पोहोर पहिलो ३ महिनामा पनि ६ करोड ३ लाख रुपैयाँ घाटामा थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया