Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न, २७ जनालाई सम्मान

NMB Bank
  • BFIS News
  • 2025 Feb 02 17:13
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न, २७ जनालाई सम्मान
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि MDRT | COT | TOT मा योग्य एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
Nepal Life
NIMB

चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।

२०२५ को लागि कम्पनीबाट १ जना TOT, २ जना COT अनि २४ जना MDRT को लागि योग्य भएका छन् । TOT को लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक TOT भइसकिन् । साथै, रण बहादुर तामाङ पहिलो पटक COT कालागि योग्य भएका छन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक COT को लागि योग्य भइसकेका छन् ।

विश्वभरिका अभिकर्ताहरु माझ Million Dollar Round Table (MDRT) निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५ का लागि MDRT का लागि रु. ४६,९२,९००, COT कालागि रु. १,४०,७८,७०० र TOT लागि रु. २,८१,५७,४०० तोकिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताएका थिए । यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया