NIMB Header 2
Nepal Life

नेपाल लाईफद्वारा बुटवलमा "सेल्स एन्ड नेगोसियसन स्किल तथा दाबी ब्यवस्थापन"तालिम सम्पन्न

Citizen Life
  • BFIS News
  • 2025 Feb 03 09:02
नेपाल लाईफद्वारा बुटवलमा "सेल्स एन्ड नेगोसियसन स्किल तथा दाबी ब्यवस्थापन"तालिम सम्पन्न
National Life

काठमाडौं, माघ २१ गते । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना लुम्बिनी प्रदेश अन्तर्गतका शाखा तथा उपशाखाका प्रमुखहरूलाई सेल्स एन्ड नेगोसियसन स्किल तथा दाबी ब्यवस्थापन सम्बन्धि दुई दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।  

NIMB

कम्पनीका लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटाको सम्योजनमा भयको उक्त तालिम कार्यक्रममा कम्पनीका तालीम बिभाग प्रमुख रोजेश बस्नेतले सहभागीहरूलाई  बिक्रि कला तथा वार्ता कौशल सम्बन्धी विभिन्न सीपहरु वारे अभ्यास सहित प्रष्ट पार्नुका साथै कम्पनीको सेल्स रणनीति,त्यसमा शाखा प्रमुखहरूको भुमिका र उनिहरुमा हुनुपर्ने ज्ञान तथा सीप र त्यसको ब्यबस्थापन सम्बन्धी परम्परागत ,बर्तमान र भाबी  दिनमा हुन सक्ने परिवर्तन र चुनौती समेतका बारेमा प्रष्ट पारेका थिए । अर्का प्रशिक्षक दाबी बिभाग प्रमुख उज्ज्वल अर्यालले बीमा दाबी तथा त्यसको प्रक्रिया,चुनौती र समाधानका बारेमा विभिन्न केश स्टडी सहितका उदाहरण सहित कम्पनीको दाबी भुक्तानी सम्बन्धिको अवस्था र प्रक्रियाका बारेमा सिकाएका थिए।

बुटवलको एस आर होटेलमा भएकोे उक्त तालीम कार्यक्रम निकै सान्दर्भिक रहेको र यसले सेल्समा रहेर काम गरिरहेका शाखा तथा उपशाखाका प्रमुखहरूलाई आफ्नो ब्यक्तित्व बिकाश,काममा पुनर्ताजगी संगै केही नयाँ कुरा सिक्ने र परिवर्तित समय र प्रबिधि संगै बिमा बिक्रि, यसको सेवा एवम बिमा दाबी भुक्तानी लगायतका कार्यहरु अझ सहज, सरल र उत्कृष्ट एवम आधुनिक तबरबाट अगाडी बढाउने क्षमता अभिबृद्धीकालागी सहयोग पुग्ने उक्त तालिमका सकृय सहभागी तुलसीपुर शाखाका शाखा प्रमुख श्री बसन्त प्रसाद पोख्रेलले बताए।साथै उनले कम्पनीले आफ्ना कर्मचारीहरूका लागि यसप्रकारका तालिमहरु समय समयमा गराउदै जानुपर्ने र यसले कर्मचारीको क्षमता अभिवृद्धि मात्रै नभै   बिमितहरुको सेवामा समेत सुधार आइ समग्र कम्पनिको बिकाश एवम प्रगतिमा समेत सहयोग पुग्ने  बताए।

अत्यन्तै अन्तरक्रीयात्मक रहेको उक्त तालिममा कम्पनीका लुम्बिनी प्रदेशको समग्र ब्यवसाय र अबको रणनीतिकाबारेमा छलफल गर्दै प्रदेश प्रमुख सापकोटाले प्रदेश अन्तर्गत यस आर्थिक बर्षमा हालसम्म विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने तिनजना शाखा प्रमुखहरु लगायत तालिम अवधिभर विभिन्न कृयाकलापहरुमा उत्कृष्ट हुने समूह तथा ब्यक्ति हरुलाइ समेत पुरस्कृत गरिएको थियो साथै तालिममा सहभागी सम्पुर्ण शाखा तथा उपशाखा प्रमुखहरुलाई कार्यक्रमको अन्त्यमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया