Nepal Life

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार

RBB
  • BFIS News
  • 2025 Feb Wed 11:16
सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार
Shikhar detail

काठमाडौं । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

NIMB

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । 

यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८५६ र चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार