Nepal Life

सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम

NMB Bank
  • BFIS News
  • 2025 Feb 05 18:18
सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई सहयोग, शिक्षा क्षेत्रमा जिम्मेवार कदम
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई रु पांच लाख मात्र  आर्थिक सहायता प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई  हस्तानतरण गरेका हुन् ।

सबैका लागी  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको  यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेकोछ । कम्पनीले  १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । 

शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने   प्रतिबद्धता व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया