NIMB Header 2
Nepal Life

हिमालयन लाइफको मुनाफा ३७ करोड ६२ लाख, जीवन बीमा कोषमा ७० अर्ब ७० करोड नाघ्यो

National Life
  • BFIS News
  • 2025 Feb 06 12:27
हिमालयन लाइफको मुनाफा ३७ करोड ६२ लाख, जीवन बीमा कोषमा ७० अर्ब ७० करोड नाघ्यो
Sanima Reliance

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ८.७३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ कराड ६२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आमदानी ११.२५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तााी ७.४९ प्रतिशत बढेको छ भने कुल खर्च २.५८ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७५ पैसा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ।

८ अर्ब २ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४६ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार