NIMB Header 2
Nepal Life

गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, शेयर पाउने भाग्यमानीले कति कमाउलान् ? विश्लेषण

National Life
  • BFIS News
  • 2025 Feb 07 08:40
गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, शेयर पाउने भाग्यमानीले कति कमाउलान् ? विश्लेषण
Sanima Reliance

काठमाडौं । गार्डियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ दोस्रो बजारमा सूचिकृत भएको छ । दोस्रो बजारमा सूचिकृत भए सँगै अव आइतबारदेखि कारोबार सुरु हुनेछ । 

Shikhar
NIMB

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर गरी कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ। कम्पनीको नेप्से सिम्बोल जीएमएलआई रहेको छ।

कतिसम्म पुग्ला शेयर मूल्य

गार्डियनको आइपिओलाई लगानीकर्ताले विशेष चनाखोका साथ हेरिरहेका छन् । कतै माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि माइक्रोफाइनान्सकै जति हुने त होइन भन्न थालेका छन् । यहि परिदृश्यलाई विश्लेषण गर्दा अहिले दोस्रो बजारमा ५० वटा माइक्रोफाइनान्स सूचिकृत छन् । यस मध्ये न्युनतम २ करोड २८ लाख रुपैयाँदेखी अधिकतम ४ अर्ब ३१ करोड रुपैयाँसम्म पूँजी भएका लघुवित्त छन् ।

पूँजीकै आधारमा लघुवित्तको शेयर मूल्य हेर्ने हो भने सबैभन्दा धेरै पूँजी भएको साना किसानको शेयर मूल्य ८२१ रुपैयाँ छ भने सबैभन्दा कम पूँजी रहेको समाज लघुवित्तको ३४४९ रुपैयाँ छ । सबैभन्दा धेरै शेयर मूल्य भएको उपकार लघुवित्तको शेयर पूँजी १० करोड ६१ लाख छ भने बजार मूल्य ५ हजार ९४० रुपैयाँ छ ।

आइपिओ निष्काशन पछि गार्डियन माइक्रो लाइफको शेयर पूँजी ७५ करोड पुगेको छ । यस मध्ये साढे २२ करोड मात्रै दोस्रो बजारमा खुला कारोबार हुनेछ । अर्थात दोस्रो बजारमा शेयर सप्लाइन धेरै कम हुने देखिन्छ । यहि रेन्जको पूँजी भएका माइक्रोफाइनान्सलाई हेर्ने हो भने एनएमबी लघुवित्त छ । यसको शेयर मूल्य ७६४ रुपैयाँ छ । त्यस्तै यहि पूँजीको आसपासका अन्य माइक्रोफाइनान्सहरु विजय लघुवित्त ९१५ रुपैयाँ, आशा लघुवित्त ८९२ रुपैयाँ, सम्पदा लघुवित्त ९८६ रुपैयाँ रहेको छ ।

यसमा बुझ्नु पर्ने एउटा तथ्य के छ भने नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्सलाई लाभांश वितरणमा क्याप लगाइदिएको छ । सबैको लाभांश दिने अनुपात लगभग १५ प्रतिशत हाराहारी नै छ । यसले गर्दा पनि माइक्रोफाइनान्सले आफ्नो रुप देखाउन पाएको छैन ।

अर्को तर्फ बजारमा १५ वटा जीवन र १४ निर्जीवन बीमा कम्पनी छन् । निर्जीवन बीमा कम्पनीको शेयर मूल्य हेर्यो भने जीवन तर्फ राष्ट्रिय बीमा संस्थानलाई छाडेर सबैलाईको शेयर मूल्य ६ सयदेखि ९ रुपैयाँको विचमा छ । जीवन तर्फ हेर्ने हो भने पनि न्युनतम ४३१ रुपैयाँदेखि ११२८ रुपैयाँसम्म छ ।

यि दुबै क्षेत्रलाई हेर्दा लघु बीमा कम्पनीको शेयर मूल्य यो भन्दा धेरै माथि हुने निश्चित छ । किनकी जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब छ । भोलिका दिनमा माइक्रो इन्स्योरेन्स कम्पनी पनि ठुला लगानीकर्ताको स्क्रिप्ट पर्न सक्छ । यस्तो अवस्थामा माइक्रो इन्स्योरेन्सको शेयर मूल्य कम्तिमा पनि एक हजार र अधिकतम २ हजारसम्म पुग्ने विश्लेषकहरु बताउछन् ।

लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ १००.३४ रुपैयाँ छ । यस आधारमा कम्पनीको पहिलो कारोबार न्युनतम १००.३४ देखि अधिकतम ३०१.२ रुपैयाँ तोकिनेछ । मानौ पहिलो कारोबार अधिकतम रेन्जबाटै सुरु भयो भने लगातार १० दिन सर्किट लाग्दा पनि ७८० रुपैयाँ पुग्नेछ । १५ दिन सर्किट लाग्यो भने १२५७ रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया