नेपाल बीमक संघको अध्यक्षमा बिरेन्द्र बैदवार चयन
- BFIS News
- 2025 Feb Sat 11:44

काठमाडौ । नेपाल बीमक संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको साधारण सभाले बिरेन्द्र बैदवार क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । यस अघि संघको अध्यक्ष चंकी क्षेत्री थिए भने वैदवार उपाध्यक्ष थिए ।
नवनिर्वाचित अध्यक्ष क्षेत्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको उपाध्यक्षमा अशोक कुमार खड्का, महासचिवमा सुनिल बल्लभ पन्त तथा कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । खड्का नेको इन्स्योरेन्स, पन्त एनएलजी इन्स्योरेन्स र श्रेष्ठ आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको कार्यसमिति सदस्यमा अन्जु श्रेष्ठ, टोटन चक्रवर्ती, र सञ्चित बज्राचार्य चयन भएका छन् । श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स, चक्रवर्ती द ओरिएन्टल इन्स्योरेन्स र बज्राचार्य प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रतिक्रिया