NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ९.४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ११ प्रतिशतले बढेर २ खर्ब १८ अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2025 Feb 09 09:27
नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ९.४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ११ प्रतिशतले बढेर २ खर्ब १८ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार