Nepal Life

नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि ट्रेकिङ बीमा सुविधा

NMB Bank
  • BFIS News
  • 2025 Feb 11 19:49
नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि ट्रेकिङ बीमा सुविधा
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघ बीच नेपाल पर्वतारोहण संघका आफना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको छ । 

Shikhar
Nepal Life
NIMB

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम रु १५ लाख बरावरको दुर्घटना बीमा, रु. ४ लाख  बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि  विशेष बीमा योजना ल्याएको हो ।

साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुका बीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गरेका हुन् । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया