NIMB Header 2
Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

National Life
  • BFIS News
  • 2025 Feb 11 19:58
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्काशन गरेको आइपिओ आज बाँडफाँड गरिएको छ । 

Shikhar
NIMB

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २,२५,००० कित्ता शेयर आज बाँडफाँड गरेको हो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पू्ँजी रु. ७५,००,००,०००/– (अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र) को ३०% ले हुन आउने रु.२२,५०,००,०००/– (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/– दरका कूल २२,५०,००० कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि मिति २०८१ माघ ८ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५,९०६ आवेदनहरु मध्ये जम्मा २२,५०० जना आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्थाको अधिनमा रहि मिति २०८१ माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया