Nepal Life

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, १८ हजारले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

NMB Bank
  • BFIS News
  • 2025 Feb 24 10:35
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, १८ हजारले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा
National Life

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ फागुन ११ गते बाँडफाँट गरेको हो।

Shikhar
NIMB

कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

यसरी हेर्नुहोस् नतिजा

बाँडफाँटमा परेका शेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाइट बाट हेर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया