NIMB Header 2
Nepal Life

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु, सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबिल बैङ्कको लगानी

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 24 11:09
३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु, सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबिल बैङ्कको लगानी
National Life

काठमाडौं । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ । 

NIMB

हाइड्रो इम्पाएर प्रा.ली. प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङ निर्माण कार्यको उद्घाटन समारोहमा आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले स्रोतसाधन र जनशक्ति परिचालन गरिएकाले अबको २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने बताए । ‘स्थानीय समुदायको पनि राम्रो साथ छ, दक्ष जनशक्ति भएकाले हामीलाई लक्ष्यभित्रै काम सक्न समस्या छैन’ प्रबन्ध निर्देशक घर्तीले भने ।

बि.स २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजना प्रमुख रमेश सुवेदीका अनुसार म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँच मार्गले जोडेको छ । 

मुदीको सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ ।

४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गरिने भएको छ । आउट लेट देखि बिद्युतगृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेन स्टक पाइप जडान गरिने छ । आयोजनास्थलमा विस्फोटक पदार्थको ढुवानी तथा भण्डारणका लागि नेपाली सेनाको क्याम्प स्थापना भएको छ । कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबिल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ । 

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ दशमलव दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सब स्टेसनमा केन्द्रीय ग्रिडमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण भइरहेको छ।  सुरुङ निर्माण कार्यको आइतबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेसमबहादुर जुग्जाली (सुविन)ले शिलान्यास गर्नुभयो । सोही अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, वडा अध्यक्ष यामबहादुर घर्ती, प्रभावित क्षेत्रका बासिन्दा एवम् वडा सदस्य रिम रोका मगरले जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न स्थानीय पालिका, समुदायवासीको सहयोग हुने प्रतिबद्धता जनाउनुभएको थियो । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया