NIMB Header 2
Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओमा आवदेन दिने आज अन्तिम मौका

National Life
  • BFIS News
  • 2025 Feb 27 05:21
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओमा आवदेन दिने आज अन्तिम मौका
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा माग भन्दा बढिको आवेदन परे सँगै आज मात्रै बिक्री खुला हुने भएको छ । कम्पनीको आइपिओमा माग भन्दा ११ गुणा बढी आवेदन परिसकेकाले आज पहिलो चरणमै बिक्री बन्द हुने भएको हो । आवेदन दिन बाँकी लगानीकर्ताले आज साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सक्ने छन् । 

Shikhar
NIMB

सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाले आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ११.०५ गुणा बढी हो। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। 

यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया