NIMB Header 2
Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा १९ लाखले दिए आवेदन, १८ लाख ४५ हजारको हात खालि हुने

National Life
  • BFIS News
  • 2025 Feb 27 17:30
नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा १९ लाखले दिए आवेदन, १८ लाख ४५ हजारको हात खालि हुने
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओमा १९ लाख ९७७ जनाले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङका अनुसार आज अन्तिम दिनमा कम्पनीको आइपिओमा २ अर्ब १९ करोडका लागि आवेदन परेको छ । कम्पनीको आइपिओ जम्मा एक लाख ८४ हजार ५०० जनाले मात्रै पाउने भएकाले कुल आवेदक मध्ये १८ लाख ४५ हजारको हात खालि हुने छ । 

Shikhar
NIMB

कम्पनीले माग गरेको भन्दा ११.८७ गुणा बढि आवेदन परेको छ । नेपाल माइक्रोले फागुन ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ खुला गरेको थियो । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।  यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया