Nepal Life

स्वरोजगार लघुवित्तको एफपिओ खुल्यो, कति कित्तासम्म दिने आवेदन ?

NMB Bank
  • BFIS News
  • 2025 Mar 02 11:38
स्वरोजगार लघुवित्तको एफपिओ खुल्यो, कति कित्तासम्म दिने आवेदन ?
National Life

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज (आइतबार) देखि थप सार्वजनिक निष्कासन (एफपिओ) बिक्री खुला गरेको छ।लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो।

Shikhar
NIMB

लगानीकर्ताले उक्त सेयरका लागि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिनेछ। सो एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले 'इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया