Nepal Life

नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर घोषणा, न्युनतम पूँजी जुटाउन ३४ प्रतिशत हकप्रद आवश्यक

NMB Bank
  • BFIS News
  • 2025 Mar 09 12:45
नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर घोषणा, न्युनतम पूँजी जुटाउन ३४ प्रतिशत हकप्रद आवश्यक
National Life

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

फागुन २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६३ करोड रहेको छ । प्रस्तावित बोनस शेयर विरण पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८७ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन अझै ६२ करोड आवश्यक पर्नेछ । यसका लागि कम्पनीले ३३.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया