Nepal Life

सिद्धार्थ बैंकद्धारा एएमएल व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

NMB Bank
  • BFIS News
  • 2025 Mar 14 11:25
सिद्धार्थ बैंकद्धारा एएमएल व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता
United Ajod

काठमाडौं, फागुन २७ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका
लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ ।

Shikhar
Nepal Life
NIMB

यस पहलले सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ (ML) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया