आइजीआई प्रुडेन्सियलद्धारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख आर्थिक सहयोग प्रदान
- BFIS News
- 2025 Mar 14 14:31

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई तीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।
यस अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।
कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको Kathmandu Institute of Child Health (KIOCH) ले काठमाण्डौँको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
साथै, उक्त अवसरमा श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनि अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिए ।
प्रतिक्रिया