NIMB Header 2
Nepal Life

हकप्रद शेयर निष्काशनका लागि १९ कम्पनी पाइपलाइनमा, ६ बीमा कम्पनी सहित हेर्नुहोस् कसको कति ?

National Life
  • BFIS News
  • 2025 Mar 14 17:13
हकप्रद शेयर निष्काशनका लागि १९ कम्पनी पाइपलाइनमा, ६ बीमा कम्पनी सहित हेर्नुहोस् कसको कति ?
Sanima Reliance

काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि १९ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वटा कम्पनी अनुमतिको अन्तिम चरणमा रहेका छन् भने ८ वटाको रिभु भइरहेको छ । 

Shikhar
NIMB

१९ वटा कम्पनी मध्ये ६ वटा बीमा कम्पनी रहेका छन् । नेपाल बीमा प्राधिकरणको पूँजी बृद्धि योजना अनुसार पूँजी जुटाउन प्रभु इन्स्योरेन्सले ५० प्रतिशत, नेपाल इन्स्योरेन्स ४० प्रतिशत, सन नेपाल लाइफ २७ प्रतिशत, एशियन लाइफ ४२ प्रतिशत, युनाइटेड अजोड १५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ १७ प्रतिशत र सानिमा जिआइसीले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेका छन् । यस बाहेक नेकोले २५ प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति पाएर निष्काशन गरिसकेको छ । एनएलजीले ६२ प्रतिशत र एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गरिसकेको छ । 

पाइपलाइनमा रहेका कतिपय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति पाउन ढिलाइ भए पछि हकप्रदको दर नै घटाउदै छन् । बीमा कम्पनीहरु बोनस शेयर दिएर नपुग पूँजी मात्रै हकप्रद मार्फत पुर्याउने योजनामा छन् । 

बीमा कम्पनी सँगै जलविद्युत कम्पनीहरु हकप्रद शेयर निष्काशनमा सबैभन्दा अगाडी छन् । जसमा बाराही १०० प्रतिशत, शिवश्री १०० प्रतिशत, सिइडिबी होल्डिङ ५४.५ प्रतिशत, बुद्धभुमी १०० प्रतिशत, रिभर फल्स १०० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर १०० प्रतिशत, बरुण हाइड्रोपवार १०० प्रतिशत, जोशी हाइड्रोपावर ६५ प्रतिशत, राप्ती हाइड्रो १०० प्रतिशत, खानीखोला १०० प्रतिशत, तेह्रथुप पावर १०० प्रतिशत, पिपुल्स पावर ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया