NIMB Header 2
Nepal Life

इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरूको साथ हर्षोल्लासपूर्ण पुष्पमालाको होली आयोजना

Muktinath Bank
  • BFIS News
  • 2025 Mar 14 20:45
इस्कोन नेपालद्वारा हजारौं भक्तजनहरूको साथ हर्षोल्लासपूर्ण पुष्पमालाको होली आयोजना
National Life

काठमाडौं । संसारभरि रासायनिक विषादयुक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा चैत्र १, २०८१ मा सौहार्दपूर्ण पुष्पको होली उत्सव आयोजना गरिएको थियो ।

NIMB

वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधा–कृष्णको सुन्दर मन्दिर रहेको छ, जहाँ ४० भन्दा बडी गाईहरूको सेवा गरिन्छ र दर्शनार्थीलाई निःशुल्क रूपमा स्वादिष्ट खीर प्रसाद वितरण गरिन्छ। भगवान श्रीकृष्ण स्वयं श्री चैतन्य महाप्रभुको रूपमा करिब ५३९ वर्ष अघि पश्चिम बंगालको नवद्वीप, मायापुरमा प्रकट हुनुभएको हो। आज उहाँकै प्राकट्य तिथिमा भगवानलाई पुष्पको होली र विशेष अभिषेकको साथ होली मनाइएको छ ।

संसारभरि प्रसिद्ध, रूपेश्वर प्रभुजीको विशेष प्रवचन र संगीतमय कीर्तनले पनि आजको उत्सवलाई अझ विशेष बनाएको थियो। हजारौं भक्तजनहरूको सहभागितामा बिहान ४ः३० बजे देखि विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसअन्तर्गत हरे कृष्ण महामन्त्रको नगर–कीर्तन बुढानिलकण्ठस्थित भगवान नारायणको परिक्रमा गरि सम्पन्न भएको थियो ।

इस्कोन नेपालले कुनै पनि वर्गीय वा जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हितका लागि विभिन्न सेवाहरू प्रदान गरिरहेको छ। जीवनका लागि भोजन नेपाल, भक्तिवेदान्त अस्पताल, भक्तिवेदान्त गुरुकुल, भक्तिवेदान्त पाठशाला लगायत विभिन्न प्रोजेक्टहरू मार्फत समाजसेवा सञ्चालन भइरहेको छ ।

आज हजारौं भक्तजनहरू सहित विभिन्न सांस्कृतिक कार्यक्रम, भजन, प्रवचन, संकीर्तन र संध्याको समयमा विशेष पुष्प होली खेलिएको थियो। इस्कोन नेपालमा हरेक शनिबार विविध कार्यक्रमहरूको आयोजना गरिन्छ, जसअन्तर्गत हजारौं भक्तजनलाई भोजन वितरण गरिन्छ ।

फाल्गुण गौरा पूर्णिमाको पावन अवसरमा भगवान श्री चैतन्य महाप्रभुको अवतरण तिथि विशेष रूपमा मनाइने भएकाले इस्कोन नेपाल सम्पूर्ण भक्तजनहरूलाई यस विशेष उत्सवमा सहभागी हुन आमन्त्रित गरेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया