NIMB Header 2
Nepal Life

क्रेष्ट माइक्रो लाइफको आइपिओ मंगलाबार विहान बाँडफाँट हुने, भाग्यशाली १ लाख ८४ हजार ५०० ले मात्रै १० कित्ता प्राप्त गर्ने

National Life
  • BFIS News
  • 2025 Mar 17 10:45
क्रेष्ट माइक्रो लाइफको आइपिओ मंगलाबार विहान बाँडफाँट हुने, भाग्यशाली १ लाख ८४ हजार ५०० ले मात्रै १० कित्ता प्राप्त गर्ने
Sanima Reliance

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट यही मंगलबार, अर्थात् २०८१ चैत ५ गते बिहान ८:३० बजे हुने भएको छ । बाँडफाँट कार्यक्रम धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालय लाजिम्पाटमा हुनेछ । 

Shikhar
NIMB

कुल २२,५०,००० कित्ता मध्ये १०% अर्थात् २,२५,००० इकाइ वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूका लागि पहिले नै निष्काशन भइसकेको छ। त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ३% अर्थात् ६७,५०० इकाइ तथा सामूहिक लगानी कोषहरूका लागि ५% अर्थात् १,१२,५०० इकाइ छुट्याइएको छ । बाँकी १८,४५,००० इकाइ सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमा निष्काशन गरिएको हो।

सीडीएससीका अनुसार, निष्काशन अवधिको अन्तिम दिनसम्म २०,५०,६३३ आवेदकले २,४५,१४,२८० इकाइका लागि आवेदन दिएका थिए । उनिहरुले २ अर्ब ४५ करोड रुपैयाँको लागि आवेदन दिएका छन् । यस तथ्याङ्कका आधारमा, जम्मा १,८४,५०० भाग्यशाली आवेदकले मात्र कम्पनीको शेयर प्राप्त गर्ने देखिन्छ।

इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले [ICRANP-IR] BB (ICRA NP Issuer Rating डबल बी) प्राप्त गरेको छ। यसले वित्तीय दायित्वहरूको समयमै भुक्तानी गर्न मध्यम जोखिम रहेको सङ्केत गर्छ। 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा प्राधिकरणबाट २०२३ अप्रिलमा इजाजत प्राप्त सार्वजनिक लिमिटेड कम्पनी हो र त्यसपछि सञ्चालनमा आएको थियो । कम्पनीको प्रधान कार्यालय सुर्खेतमा छ भने दर्ता कार्यालय सानेपा, ललितपुरमा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड (२१.४३%), मेट्रो क्यापिटल प्रा. लि. (१६.६२%), किशनलाल दुगर (६.६७%), के.आर.एस इन्भेस्टमेन्ट प्रा. लि. (६.६७%), संगीता देवी मोर (३.९७%), अनुपम राठी (३.३३%) लगायतका लगानीकर्ताहरूको महत्वपूर्ण स्वामित्व रहेको छ। कम्पनीले चाँडै नै सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया