NIMB Header 2
Nepal Life

शेयर बजार घटाउँदैमा राजा आउने हो ? आन्दोलनका नाममा तर्साएर शेयर हत्याउने काम भएको लगानीकर्ताको आरोप

National Life
  • BFIS News
  • 2025 Mar 23 16:17
शेयर बजार घटाउँदैमा राजा आउने हो ? आन्दोलनका नाममा तर्साएर शेयर हत्याउने काम भएको लगानीकर्ताको आरोप
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिनमै नेप्से सूचक ५४.६२ अंकले घटेर २६१४ अंकमा झरेको छ । नेप्से सूचक २.०४ प्रतिशतले घट्दा १३ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको ४२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कुल ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Shikhar
NIMB

तारा फुल्लेलको प्रतिक्रिया : "शेयर बजार घटाउँदैमा राजा आउने हो ?"

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्तामा निराशा देखिएको छ । यसैबीच, शेयर लगानीकर्ता संघ नेपालका कार्यबहाक अध्यक्ष तारा फुल्लेलले बजारमा अनावश्यक हल्ला फैलाएर खेल्न खोज्नेहरू सक्रिय भएको बताएका छन् । उनले भने "शेयर बजार घटाउँदैमा राजा आउने हो ? शेयर बजारमा खेल्न खोज्नेहरूले राजावादी आन्दोलन र सरकार परिवर्तनको हल्लालाई अनावश्यक रूपमा चर्चामा ल्याइरहेका छन् । राजावादी मैदानमा आउँदैमा हरेक दिन बजार घट्नै पर्ने कुनै कारण छैन ।"

उनले थपे, "बजार लगातार घट्न थालेको १०/१५ दिन भइसक्यो । बजार घटाउँदा कसैले त किनिरहेको हुन्छ । यस अवधिमा डराउनेहरूले नै बिक्री गरिरहेका होलान । बजार घट्नु पर्ने कुनै कारण छैन । राजावादी आन्दोलन शेयर बजारका लागि कुनै प्रभाव पार्ने विषय होइन ।"

बजार सुधारको सम्भावना

शेयर बजारले नरुचाएका गभर्नर यही चैत २२ गतेबाट बाहिरिने भएकाले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढिसकेको छ । फुल्लेलले भने, "गभर्नर सत्ता साझेदार नेपाली कांग्रेसको पोल्टामा जाने चर्चा छ । बैंकिङ तरलता बढिरहेको छ, व्याजदर घटिरहेको छ, अहिलेको सरकार बलियो छ, कुनै ठूला प्राकृतिक प्रकोप आएका छैनन् ।"

त्यस्तै, उनले कम्पनीहरूको वित्तीय अवस्था खासै परिवर्तन नभएकाले बजारमा ठूला नकारात्मक प्रभाव पर्ने अवस्था नरहेको दाबी गरे । "आन्दोलनका नाममा कसैले तर्साइरहेको छ भने कोही तर्सिरहेका छन् । यस अवधिमा ब्रोकरहरूले राम्रैसँग शेयर खरिद गरिरहेको देखिन्छ," फुल्लेलले भने ।

(नवीनतम अपडेटका लागि हाम्रो वेबसाइटमा हेर्दै जानुहोस् ।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया