Nepal Life

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट १ लाख ४७ हजार ६०० जनाले पाए १० कित्ता शेयर

NMB Bank
  • BFIS News
  • 2025 Mar 25 10:39
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट १ लाख ४७ हजार ६०० जनाले पाए १० कित्ता शेयर
National Life

चैत १२ गते, मंगलबार, ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

Shikhar
NIMB

कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया