Nepal Life

नेपालको अर्थतन्त्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महत्वपूर्ण योगदान: २ खर्ब १९ अर्बको दीर्घकालिन लगानी

NMB Bank
  • BFIS News
  • 2025 Mar 30 17:57
नेपालको अर्थतन्त्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महत्वपूर्ण योगदान: २ खर्ब १९ अर्बको दीर्घकालिन लगानी
United Ajod

काठमाडौं, चैत १७ गते । नेपाल जस्तो विकासोन्मुख देशका लागि लगानीयोग्य पूँजीको अभाव एक प्रमुख चुनौती रहँदै आएको छ। यही अभाव पूर्ति गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। हाल नेपाल लाइफले मात्र २ खर्ब १९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ, जसले नेपालको दीर्घकालीन विकासलाई टेवा पुर्याएको छ । 

Shikhar
Nepal Life
NIMB

नेपालमा ठूला पूर्वाधार विकासका लागि पर्याप्त लगानी जुटाउन सरकारले वैदेशिक लगानीको खोजी गर्दै आएको छ। जवकी सरकारले स्वदेश भित्रकै दीर्घकालीन कोषहरूको सदुपयोग गर्न सक्ने हो भने ठूलो मात्रामा विकास निर्माणका परियोजनाहरू अघि बढ्न सक्छन्। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका संस्थाहरूमा रहेका ठूलो मात्राका कोषलाई उत्पादकशील क्षेत्रमा लगानी गर्न सके नेपालको अर्थतन्त्रमा ठोस परिवर्तन आउन सक्ने विश्लेषकहरु बताउछन् । 

नेपाल लाइफको अर्थतन्त्रमा प्रभावकारी भूमिका

नेपाल लाइफ नेपालको प्रमुख जीवन बीमा कम्पनीहरूमध्ये एक हो । जीवन बीमा कम्पनीहरुको कुल लगानीयोग्य रकम मध्ये नेपाल लाइफ एक्लैको २६ प्रतिशत भन्दा धेरै रहेको छ । जीवन बीमा कम्पनीहरुसँग लगानी योग्य रकम साढे ७ खर्ब भन्दा माथि छ । जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (५७ खर्ब ४८ अर्ब) को ३.७९ प्रतिशत हो।

बैंकिङ प्रणालीमा नेपाल लाइफको योगदान

नेपाल लाइफले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। हाल कम्पनीले बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५१ अर्बभन्दा बढी रकम सुरक्षित राखेको छ। कुल बैंक निक्षेप ६२ खर्ब ७७ अर्ब रहेकोमा नेपाल लाइफको मात्र २.४१ प्रतिशत हिस्सा छ। विशेष गरी, वाणिज्य बैंकहरूमा २.७२ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा २०.९७ प्रतिशत हिस्सा नेपाल लाइफको रहेको छ।

बीमा क्षेत्रमा नेपाल लाइफको अग्रता

नेपाल लाइफ बीमा उद्योगमा सर्वाधिक ठूलो कोष सञ्चालक कम्पनी हो। बीमा क्षेत्रको कुल लगानीमध्ये नेपाल लाइफको मात्रै २६ प्रतिशत हिस्सा रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरूको कुल लगानी ७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ, यस अवधिमा नेपाल लाइफको एक खर्ब ८२ अर्ब थियो । अहिले बढेर १ खर्ब १९ अर्ब रहेको छ । 

पूर्वाधार विकासमा लगानीको सम्भावना

यदि नेपाल लाइफले नीति नियममा आवश्यक परिवर्तन गर्दै लगानी विस्तार गर्न सक्यो भने मुलुकका ठूला पूर्वाधार परियोजनाहरू सम्पन्न गर्न सक्षम हुन सक्छ। उदाहरणका लागि, जलविद्युत्, फास्ट ट्रयाक, सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, तथा पाँचतारे होटलहरूको निर्माणमा बीमा कम्पनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीका अनुसार, सरकारको उचित नीतिगत व्यवस्थापन र समर्थन भएमा बीमा कम्पनीहरूले ठूला पूर्वाधार परियोजनामा लगानी गर्न सक्षम छन्। विशेष गरी, सुरक्षित बण्ड जारी गरी लगानीको सुनिश्चितता दिन सकेमा दीर्घकालीन परियोजनाहरूलाई सहजै वित्तीय स्रोत प्रदान गर्न सकिनेछ। नेपाल लाइफले पछिल्ला दिनमा घरजग्गामा पनि लगानी बढाउदै गइरहेको छ । भर्खरै कम्पनीले पुरानो बानेश्वरमा रहेको ग्लोबल कलेजमा पनि लगानी गरेको छ । यस सँगै नेपाल लाइफ शिक्षा क्षेत्रको लगानीमा पनि अग्रणी देखिएको छ । 

नेपाल लाइफले नेपालको बीमा क्षेत्र तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कम्पनीको लगानी विस्तारले दीर्घकालीन परियोजनाहरूमा योगदान पुर्याउनेछ भने, बीमा कोषलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके मुलुकको समग्र आर्थिक वृद्धिमा टेवा पुग्नेछ। अब आवश्यक कुरा भनेको सरकार र नियामक निकायहरूको सहकार्यद्वारा दीर्घकालीन कोषको सही सदुपयोग गर्नु हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया