Nepal Life

माछापुच्छ्रे बैंकद्वारा नेपालपे पीओएस कारोबारको सफल सुरुवात

NMB Bank
  • BFIS News
  • 2025 Apr 02 11:59
माछापुच्छ्रे बैंकद्वारा नेपालपे पीओएस कारोबारको सफल सुरुवात
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को नेपालपे कार्डमार्फत पीओएस (Point of Sale) कारोबार सफलतापूर्वक सञ्चालन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपालकै पहिलो स्वदेशी कार्ड स्किमको रूपमा परिचित नेपालपे डोमेस्टिक स्किम अन्तर्गत माछापुच्छ्रे बैंक पहिलो सदस्य बैंकका रूपमा पीओएस कारोबार सम्पन्न गर्न सफल भएको हो।

यस सम्झौतामा माछापुच्छ्रे बैंकका डेपुटी सीईओ प्रसिद्ध अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका थिए।

सो ऐतिहासिक अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले माछापुच्छ्रे बैंकको पीओएस प्रणालीमार्फत नेपालपे कार्ड प्रयोग गरी उद्घाटन कारोबार गरेका हुन् ।

यस उपलब्धिले नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ युगको सुरुवात गर्दै माछापुच्छ्रे बैंकको नवप्रवर्तनशील सोच र ग्राहक सुविधाप्रति प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया