Nepal Life

सुपरसेती हाइड्रोपावर परियोजनामा सानिमा र सिद्धार्थ बैंकको ३ अर्ब ७८ करोड लगानी

NMB Bank
  • BFIS News
  • 2025 Apr 04 22:38
सुपरसेती हाइड्रोपावर परियोजनामा सानिमा र सिद्धार्थ बैंकको ३ अर्ब ७८ करोड लगानी
United Ajod

काठमाडौं। सुपरसेती हाइड्रोपावर परियोजनामा ३ अर्ब ७८ करोड लगानी जुटेको छ। कुल लागत ५ अर्ब ४० करोड रुपैयाँको रहेको यो परियोजनामा सानिमा बैंकले २ अर्ब ५० करोड र सिद्धार्थ बैंकले १ अर्ब २८ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

Shikhar
Nepal Life
NIMB

यो सम्झौतामा सुपरसेती हाइड्रोका अध्यक्ष अशोक खड्का, सानिमा बैंकका डेपुटी सीईओ पवन आचार्य र सिद्धार्थ बैंकका सीईओ सुन्दर कनेलले हस्ताक्षर गरेका छन्।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा स्थित यो परियोजना एसएन इनर्जी लिमिटेडले संचालन गर्दै आएको छ। २४ मेगावाट क्षमताको सुपरसेती जलविद्युत परियोजनाको निर्माण कार्य २०८१ फागुन १८ देखि प्रारम्भ भएको हो। निर्माण अवधिमा ३० मेगावाटमा स्तरोन्नति गर्ने योजना रहेको छ।

परियोजनाको निर्माण अवधि ३ वर्षको छ र २०८४ कार्तिकदेखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ। हाल परियोजनाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

परियोजनाको निर्माण लागत ५०४ करोड रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड रुपैयाँ रहेको छ। यद्यपि, स्तरोन्नति पछि प्रति मेगावाट लागत करिब २ करोड घटेर १९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

परियोजनाको पूँजीको व्यवस्थापन २५% संस्थापक लगानीकर्ताबाट र ७५% बैंक कर्जाबाट हुने छ। निश्चित समयपछि, परियोजनाका स्थानीय बासिन्दा र सर्वसाधारण नागरिकलाई सेयरधनीको रूपमा सहभागिता जनाउन अवसर प्रदान गरिनेछ।

यस परियोजनामा लगानीकर्ताका रूपमा देशको प्रतिष्ठित निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले २०% पूँजी लगानी गरी परियोजनाको प्रवर्द्धन गरेको छ। अन्य लगानीकर्तामा उर्जा क्षेत्रका अनुभवी उद्यमीहरू रहेका छन्, जसले विभिन्न जलविद्युत परियोजनाहरूको सफल संचालन गरिसकेका छन्।

नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का यस परियोजनाको संचालक समितिका अध्यक्षको रूपमा कार्यरत छन्। नेको इन्स्योरेन्सको अनुभव र नेतृत्वले परियोजनाको निर्माण कार्य सफलतापूर्वक पूरा हुनेमा विश्वास प्रकट गरेको छ।

उत्पादन शुरु भएपछि, यस विद्युत उत्पादनलाई राष्ट्रिय वितरण प्रणालीमा जोड्ने योजना तय भैसकेको छ र नेपाल विद्युत प्राधिकरणसँग उर्जा खरीद सम्झौतासमेत सम्पन्न भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया