Nepal Life

कृषि विकास बैंकले माग्यो शाखा प्रमुखदेखि लेखापालसम्म ११८ जना कर्मचारी

NMB Bank
  • BFIS News
  • 2025 Apr 05 08:22
कृषि विकास बैंकले माग्यो शाखा प्रमुखदेखि लेखापालसम्म ११८ जना कर्मचारी
United Ajod

काठमाडौं । कृषि विकास बैंकले सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रमुख (तह ८), एमआइएस अधिकृत, व्यवसाय अधिकृत, कानुन अधिकृत, कम्प्युटर अधिकृत, कर्जा अधिकृत (तह ६) र लेखपाल (तह ४) पदमा ११८ जना कर्मचारी माग गरेको हो।

Shikhar
Nepal Life
NIMB

उमेर हद शाखा प्रमुखको २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत स्तरको २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र लेखपालको १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। 

परीक्षा दस्तुर तह ८ र ६ को लागि एक हजार रूपैयाँ र समावेशी समूहतर्फ थप पाँच सय रूपैयाँ लाग्नेछ। तह ४ को लागि आठ सय रूपैयाँ र समावेशी समूहतर्फ थप चार सय रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख ११ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

विज्ञापनको सूचना

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया