Nepal Life

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी, सत्तारुढ गठबन्धनले टुङ्गाउन सकेन नाम

RBB
  • BFIS News
  • 2025 Apr Mon 13:34
वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी, सत्तारुढ गठबन्धनले टुङ्गाउन सकेन नाम
Shikhar detail

काठमाडौं, चैत्र २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

 

NIMB

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । सत्तारुढदलहरु विचमा गभर्नरको नाम टुङ्गिन नसके पछि तत्कालका लागि ढुङ्गानालाई कायम मुकायमको जिम्मेवारी दिइएको हो । 

आज बस्ने मन्त्रिपरिषदको बैठकले आज गभर्नरको नाम टुङ्गाउने चर्चा थियो । तर अर्थमन्त्रीले कायमुकायमको नाम सार्वजनिक गरिदिए पछि अझै केहि समय राष्ट्र बैंकले गभर्नर नपाउने संका बढेको छ । 

गभर्नर नियुक्तिको निम्ति गठित सिफारिस समितिको बैठक आजसम्म बसेको छैन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् ।

गभर्नर नियुक्ती गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचमा अझै सहमति नहुँदा समितिले काम गर्न नसकेको हो । गभर्नरको उम्मेदवार एमाले वा काँग्रेसमध्ये कसले सिफारिस गर्ने भन्नेमै कुरो अड्किएको चर्चा छ । काँग्रेस संस्थापन पक्षले औपचारिक रुपमा रविन्द्र पाण्डे र गुणाकर भट्टलाई अघि सार्दैछ भने एमालेले डा. प्रकाशकुमार श्रेष्ठ र डेपुटी गभर्नर निलम ढुंगानाको नाममा अडान लिने स्रोतको दाबी छ । 

बिचौलिया दीपक भट्टले अघि सारेको पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको हकमा चर्को विरोध आएपछि राजनीतिक नेतृत्व एक कदम पछाडि हटेको छ । पहिलो योजना अनुसार सफल हुन नसके पछि राजनीतिक नेतृत्व दोस्रो योजनामा पुगेको चर्चा छ । यद्यपी दोस्रो योजना कसको नाममा हो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार