Nepal Life

राजावादीको प्रदर्शनको हल्लाले शेयर बजारमा भारी गिरावट, बढ्दो ट्रेण्डको सुरुवातमै हच्किए लगानीकर्ता, किन्नेले जित्ने

RBB
  • BFIS News
  • 2025 Apr Mon 15:06
राजावादीको प्रदर्शनको हल्लाले शेयर बजारमा भारी गिरावट, बढ्दो ट्रेण्डको सुरुवातमै हच्किए लगानीकर्ता, किन्नेले जित्ने
Shikhar detail

काठमाडौं । भोलि चैत २६ गते हुने भनिएको राजावादीहरुको प्रदर्शनको अघिल्लो दिन शेयर बजारमा भारी गिरावट देखिएको छ । लगानीकर्ताले चैत २६ गते हुने गतिविधिलाई नियारी रहेका छन् । गएको प्रदर्शनका क्रममा तीनकुनेमा पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । यस सँगै राजावादीहरुको प्रदर्शन मथ्थर बनेको छ । त्यसमा पनि सरकारले राजावादी आन्दोलनका मतियारहरुलाई हिरासतमा लिइसकेको हुँदा भोलिको आन्दोलनमा सर्वसाधारणको आक्रोस हेर्न बाँकी छ ।

NIMB

यदि भोलि गएको चैत १५ गतेको भन्दा पनि ठुलो आन्दोलन भयो भने राजनीतिक घटनाक्रमले नयाँ रुप लिने विश्लेषकहरु बताउछन् । तर आन्दोलन सामान्य देखियो भने राजावादीहरु पछाडी हटेको सन्देश प्रवाह हुने उनिहरुको भनाइ छ । त्यसैले भोलिको दिनलाई नेपाली राजनीतिक बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यहि अन्योलताका कारणले गर्दा सोमबार नेप्से सूचकमा विहानैदेखि तिव्र उतारचढाव देखियो । कारोबार रकम ६ अर्ब माथि भए पनि नेप्से सूचक ३५ अंक भन्दा धेरैले घटेको छ । यदि अवस्था सामान्य बन्यो भने आज शेयर किन्नेले बजारमा जित्नेछन् । तर राजनीतिक माहोल विग्रियो भने बजारले अर्को मोड लिने लगानीकर्ताहरुको विश्लेषण छ । यदि अवस्था सामान्य भयो भने शेयर बजारले अवको एक महिना भित्रमा अहिलेसम्मकै सर्वाधिक उचाइको रेकर्डलाई तोडेर अगाडी बढ्ने विश्लेषण गरिएको छ । यसले गर्दा यस अवधिमा शेयर किन्नेले जित्ने बजार विश्लेषकहरु बताउछन् । शेयर बजार घट्दा धेरै लगानीकर्ता आत्तीन्छन् यद्यपी बजारमा यो भनेको अवसर हो । बढ्दो ट्रेण्डमा किन्ने र पछि पछुताउने प्रवृत्ती छ ।  

सोमबार नेप्से सूचक ३२.४५ अंकले घटेर २६७०.९४ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम ५ अर्ब ६५ करोड रुपैयाँको भयो । आज २२१ वटा कम्पनीको शेयर मूल्य घट्दा २३ वटाको सुधार भयो । हकप्रद शेयर निष्काशनको प्रस्ताव सँगै दोस्रो बजारमा बुटवल पावरको शेयर मूल्य ६.७५ प्रतिशतले बढेर ४२४ रुपैयाँ पुगेको छ । आज हिमालयन पुनर्बीमा, एनआरएन र नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक धेरै कारोबार भएको छ ।

अहिले शेयर बजारलाई सपोर्ट गर्ने धेरै आधारहरु छन् । सरकारले छिट्टै नयाँ गभर्नर नियुक्त गर्दैछ । बैंकको व्याजदर ७/८ वर्ष यताकै तल्लो विन्दुमा छ । बैंकहरु सँग प्रयाप्त तरलता छ । सरकारले आगामी जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । विश्व बैंक लगायतका संस्थाले नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि रहने प्रक्षेपण गरिसकेका छन् । सरकारले अझै आर्थिक सुधारका लागि काम गर्दैछ । विगत लामो समयदेखिको आर्थिक मन्दी तथा सुस्तताले गति प्रदान गर्दैछ । यसले गर्दा अवको केहि समय शेयर बजारमा सुधारका संकेतहरु देखिने हुँदा शेयर बजारले पनि राम्रै गति लिने अपेक्षा गरिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया