Nepal Life

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा सूचीकरण

NMB Bank
  • BFIS News
  • 2025 Apr 09 17:26
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा सूचीकरण
United Ajod

काठमाडौं, चैत २७ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। आज मिति २०८१ साल चैत २७ गते नेप्से र कम्पनीबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रू. १०० कायम भएको कुल ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत सर्वसाधारण समक्ष शेयर निष्काशन गरी बिक्री गरेको थियो। उक्त शेयरमध्ये २२ लाख ५० हजार कित्ता (३०%) शेयर सर्वसाधारण लगानीकर्तालाई (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरू समेत) वितरण गरिएको थियो भने बाँकी ५२ लाख ५० हजार कित्ता (७०%) शेयर संस्थापक शेयरधनीहरूद्वारा लगानी गरिएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २०८१ साल चैत २६ गतेको निर्णयअनुसार कुल ७५ लाख कित्ता (१००%) साधारण शेयर सूचीकरण गरिएको जानकारी नेप्सेले सार्वजनिक गरेको छ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय सुर्खेतको विरेन्द्रनगर–६ मा रहेको छ भने सूचीकरणपश्चात् कम्पनीले आवश्यक (RTS) सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट प्रदान गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया