Nepal Life

उपकुलपति हिँडेपछि ट्रान्सक्रिप्ट वितरण अलपत्र

NMB Bank
  • BFIS News
  • 2025 Apr 10 03:00
उपकुलपति हिँडेपछि ट्रान्सक्रिप्ट वितरण अलपत्र
United Ajod

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट वितरण रोकेको छ । उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि ट्रान्सक्रिप्टका मूल प्रमाणपत्र वितरण कार्य स्थगनमा परेको हो ।

Shikhar
Nepal Life
NIMB

उपकुलपतिको व्यवस्था नभएसम्म सन् २०१० पछिका ट्रान्सक्रिप्टका मूल प्रमाणपत्र उपलब्ध गराउन नसकिने त्रिविले जनाएको छ । त्रिविद्धारा जारी सूचनामा उल्लेख छ, ‘हाल त्रिविको उपकुलपतिले राजीनामा दिनुभएको तथा हालसम्म अर्को व्यवस्था नभएकोले हाललाई उपकुलपतिको व्यवस्था नभएसम्म सन् २०१९ पछिका ट्रान्सक्रिप्टका मूल प्रमाणपत्र उपलब्ध गराउन नसकिने व्यहोरा जानकारी गराइन्छ ।’

स्वास्थ्य समस्याका कारण काम गर्न असहज भएको जनाउँदै उपकुलपति बरालले दुई साताअघि पदबाट राजीनामा दिएका दिए । स्वस्थ्य अवस्थालाई कारण देखाए पनि कुलपति अर्थात् प्रधानमन्त्रीको दबाब खप्न नसकेर पद छोडेका उनी पोखरास्थित निजी निवास छन् । उपकुलपतिमा नियुक्त भएको १३ महिनामै आएको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया