Nepal Life

प्रधानमन्त्रीको आग्रह : “राजनीतिक स्थिरता कायम भएकाले ढुक्क भएर लगानी गर्नुस्”

NMB Bank
  • BFIS News
  • 2025 Apr 10 03:56
प्रधानमन्त्रीको आग्रह : “राजनीतिक स्थिरता कायम भएकाले ढुक्क भएर लगानी गर्नुस्”
United Ajod

काठमाडौं, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक स्थिरता कायम भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको बुधबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत प्रतिस्पर्धात्मक ढंगले उद्योग–व्यवसायलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्री ओलीले आजको युगमा कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, “कसैलाई गाली गलौज, बदनाम र भ्रम फैलाउन सूचना प्रविधिको प्रयोग हुनुहुँदैन। सूचना प्रविधि जनतालाई सहज सेवा दिन र देशको विकासमा योगदान दिनका लागि हो।”

प्रधानमन्त्री ओलीले वैदेशिक लगानी र संयुक्त लगानीलाई प्रवर्धन गर्न आवश्यक रहेको भन्दै चेम्बरलाई सम्भावनायुक्त क्षेत्रहरुमा लगानीकर्तालाई विश्वस्त पार्न आग्रह गरे। “हामी उद्योग–व्यवसायको विकासका लागि सधैं नजिक र पवित्र सम्बन्धका साथ सहकार्य गर्छौं, कुनै कमिसनको लागि होइन, देश बनाउने उद्देश्यका लागि हो,” उनले स्पष्ट पारे।

सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशप्रति चेम्बरले सकारात्मक सहयोग गरेकोप्रति प्रधानमन्त्री ओलीले प्रशंसा व्यक्त गर्दै सही र गलतको आधारमा समर्थन तथा आलोचना गर्ने परिपाटीलाई लोकतान्त्रिक संस्कारका हिसाबले स्वागतयोग्य बताए।

“हामीलाई सुशासन र विकास दुवै चाहिएको छ। सुशासनमा सम्झौता गर्न सकिँदैन। कतिपय भ्रष्ट्राचार थाहा नपाई चलिरहेको हुन सक्छ, त्यसलाई नियन्त्रण गर्न निजी क्षेत्रको साथ आवश्यक छ,” उनले भने।

प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक दलहरुबीच सहकार्यबाट बनेको सरकारले देशमा स्थिरता ल्याएको र आगामी निर्वाचनसम्म तथा त्यसपछिसमेत यो स्थिरता कायम रहने विश्वास व्यक्त गरे। “त्यसैले ढुक्क भएर लगानी गर्नुस् र देशको विकासमा योगदान दिनुस्,” उनले पुनः दोहोर्याए।

उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीलाई सम्मानित गरिएको थियो भने नेपाल चेम्बर अफ कमर्शको स्मारिका लोकार्पण पनि गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया