NIMB Header 2
Nepal Life

आइएमई लाइफको इ–लोन सेवा सुरु, अब बीमितले घरमै बसेर ऋण सक्ने

National Life
  • BFIS News
  • 2025 Apr 11 18:16
आइएमई लाइफको इ–लोन सेवा सुरु, अब बीमितले घरमै बसेर ऋण सक्ने
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई लक्षित गर्दै ‘सजिलो इ–लोन’ सेवा सुरु गरेको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा कम्पनीका सञ्चालक समिति र उच्च व्यवस्थापनको उपस्थिति रहँदा कम्पनीका अध्यक्ष डा. रामहरी अर्यालले औपचारिक रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।

Shikhar
NIMB

यस नयाँ सेवाअन्तर्गत बीमितहरूले अब घरमै बसेर ऋणको लागि आवेदन दिन सक्ने छन्। कम्पनीको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत रु. ५ हजारदेखि १ लाख रुपैयाँसम्मको इ–लोनका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार बीमितहरूले २४ घण्टा आफू बसेको स्थानबाटै वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। कार्यालय समयभित्र आवेदन परेमा तुरुन्तै, र विदाको दिन परेमा कार्यालय खुल्ने वित्तिकै ऋण स्वीकृत भई बीमितको बैंक खातामा रकम जम्मा गरिनेछ। यस प्रक्रियामा कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन।

ऋण सुविधा प्राप्त गर्नको लागि बीमितले केवाईसी प्रमाणीकरण पुरा गरेको र कम्तीमा तीन वर्ष बीमा शुल्क नियमित रूपमा भुक्तानी गरेको हुनु अनिवार्य हुनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले ‘सजिलो इ–लोन’ सेवामार्फत बीमितहरूलाई सरल, सहज र छिटो कर्जासेवा प्रदान गरिने विश्वास व्यक्त गरे। साथै, उनले कम्पनीले अपनाएको डिजिटाइजेसन, अटोमेसन र द्रुत सेवाको रणनीतिलाई निरन्तरता दिँदै ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने प्रयास जारी रहने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार