Nepal Life

नेपाल ल्युव आयलले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, शेयर मूल्य २७६.९० रहेको कम्पनीको कारोबार नै हुँदैन

NMB Bank
  • BFIS News
  • 2025 Apr 12 07:39
नेपाल ल्युव आयलले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, शेयर मूल्य २७६.९० रहेको कम्पनीको कारोबार नै हुँदैन
United Ajod

काठमाडौं – नेपाल ल्युव आयल लिमिटेडले १:२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

Shikhar
Nepal Life
NIMB

हकप्रद निष्कासनको प्रक्रिया व्यवस्थापनका लागि कम्पनीले एनआइएमबी एस क्यापिटललाई इश्यु म्यानेजरका रूपमा नियुक्त गरेको छ। कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ।

हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २७६.९० रुपैयाँ कायम छ। कम्पनीका शेयरधनी कम्पनी यति सन्तुष्ट छन् कि दोस्रो बजारमा कारोबार नै गर्न चाहदैनन् । त्यसैले नेप्सेमा कम्पनीको नियमित कारोबार हुँदैन । कम्पनीले न्यून संख्यामा अड्लट म्याचिङमार्फत कारोबार देखाउँदै आएको छ। यदि कम्पनीको एक दुई हजार कित्ता मात्रै दोस्रो बजारमा शेयर सप्लाइ भयो भने कम्पनीको शेयर मूल्य साल्ट ट्रेडिङको भन्दा माथि पुग्न सक्छ । साल्ट ट्रेडिङको पनि कुनै समयमा दोस्रो बजारमा कारोबार नै हुँदैन थियो । एक शेयरधनीले समुह भन्दा बाहिरका व्यक्तिलाई शेयर बिक्री गरिदिए पछि अहिले प्रतिकित्ता ५ हजार भन्दा माथि कारोबार हुँदैन आइरहेको छ । हकप्रद निष्काशन पछि भने यसमा पनि त्यो सम्भावना हुन सक्छ । 

कम्पनीमा संस्थापक लगानीकर्ताको हिस्सा ७९.७९ प्रतिशत र सर्वसाधारणको हिस्सा २०.२४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ६१९ रुपैयाँ र प्रतिशेयर आम्दानी ७५ रुपैयाँ छ। गएको वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया