Nepal Life

वाणिज्य बैंकहरुले वैशाख महिनाको ब्याजदर सार्वजनिक, कुमारी, सानिमा र नेपाल बैंकले घटाए, एभरेष्टको बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Apr 13 11:13
वाणिज्य बैंकहरुले वैशाख महिनाको ब्याजदर सार्वजनिक, कुमारी, सानिमा र नेपाल बैंकले घटाए, एभरेष्टको बढ्यो
United Ajod

काठमाडौं, चैत ३१ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२ को वैशाख महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित ब्याजदर सूचनाअनुसार २० वाणिज्य बैंकमध्ये ३ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १ बैंकले वृद्धि गरेको छ। बाँकी १६ बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Shikhar
Nepal Life
NIMB

ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, सानिमा बैंकनेपाल बैंक रहेका छन्। यी बैंकहरुको ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दुले घटेको छ। यता, ब्याजदर वृद्धि गर्ने बैंक एभरेष्ट बैंक रहेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६१ प्रतिशतविन्दुले बढाएको हो।

वैशाख महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर भने ०.००३५ प्रतिशतविन्दुले वृद्धि भई ५.९८ प्रतिशत पुगेको छ। बैंकिङ प्रणालीमा तरलता बढी रहेकाले ब्याजदर घट्दो क्रममा छ। तर, अपेक्षित रुपमा कर्जा प्रवाह भने हुन सकेको छैन।

संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने औसतमा ०.०६४ प्रतिशतविन्दुले घटेको छ। यसमा ८ बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले मात्र वृद्धि गरेको छ।

ब्याजदर घट्दा कर्जा लिने ग्राहकलाई राहत हुने विश्लेषकहरुको भनाइ छ। यद्यपि, डेढ वर्षयता ब्याजदर घट्दै आएको भए पनि लगानी वातावरण र कर्जा प्रवाह भने अझै सन्तोषजनक हुन सकेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया