Nepal Life

सुनको मूल्यले पुनः नयाँ रेकर्ड, प्रतितोला १ लाख ८६ हजार ८ सय रूपैयाँ पुग्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Apr 13 11:22
सुनको मूल्यले पुनः नयाँ रेकर्ड, प्रतितोला १ लाख ८६ हजार ८ सय रूपैयाँ पुग्यो

काठमाडौं, चैत ३१ । नेपाली बजारमा सुनको मूल्यले आज (आइतबार) पुनः नयाँ रेकर्ड कायम गरेको छ। गत बिहीबारदेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य शुक्रबार प्रतितोला तीन हजार नौ सय रूपैयाँले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रूपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रूपैयाँ बढी हो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३ हजार २ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया